वि.सं. २०७५ सालपछि संघीय संरचना कार्यान्वयनसँगै नेपालमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवाको विस्तार प्रदेश तथा स्थानीय तहसम्म गरिएको हो। सोही नीतिअनुसार मधेश प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रौतहट जिल्लामा प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सञ्चालनमा रहेको छ।
हाल यो चिकित्सालय रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका-मोतियाही क्षेत्रमा अवस्थित रही मधेश प्रदेश सरकारको मातहत आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। यहाँ आयुर्वेदिक उपचार, रोगको रोकथाम तथा स्वास्थ्य प्रवर्द्धनसम्बन्धी विभिन्न सेवा तथा कार्यक्रम सञ्चालन गरिन्छ।